सवारी चालक अनुमतिपत्र बनाइ दिने भनी ठगी गरेको अभियोगमा पक्राउ

144

कास्की । सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ घर भएका ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमूना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...