चितुवाको टाउकोसहित ३ जना पक्राउ

136

काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको टाउकोसहित ३ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको विशेष टोलीले सुन्धाराको काठमाडौं मल अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङ दुधपोखरी ६ का २३ वर्षीय सन्तोष आले, काभ्रे रोसी १२ का २० वर्षीय सुजन थिङ र सोही ठाउँका १८ वर्षीय मिङमार मोक्तानलाई पक्राउ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चितुवाको दाह्रासहितको टाउको बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनालाई महाशाखाले डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...