बन्चरो प्रहार गरी श्रीमतीको हत्या

141

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका-३ मुसाङखेलका ४३ वर्षीय नर बहादुर लिम्बू हत्याको आरोपमा पक्राउ परेका छन् ।

आइतबार बिहान ११ बजेको समयमा लिम्बूले घरायसी वादविवादको कारण आफ्नै श्रीमती ४७ वर्षीया मइतरानी लिम्बूलाई बन्चरोले प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...