‘लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच’ बजारमा

357

काठमाडौं । लिम्बू जातिमा प्रचलित लोकनृत्य धाननाच सम्बन्धी अनुसन्धानमूलक पुस्तक बजारमा आएको छ । ‘लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच’ नामक उक्त पुस्तक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नृत्य विभागको परियोजनाअन्तर्गत प्राज्ञ प्राडा. हेमनाथ पौडेलद्वारा खोज, अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको हो ।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका तत्कालीन प्राज्ञ परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ माधव प्रधानको संयोजकत्वमा प्राडा. पौडेलद्वारा लिखित उक्त पुस्तकमा लिम्बू जातिको परिचय, इतिहास, संस्कार, संस्कृति आदिको परिचर्चासँगै लिम्बू जातिमा प्रचलित लोकनृत्य धाननाचका बारे विस्तृत अध्ययन गरिएको छ ।

पुस्तक सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा पाइन्छ । पुस्तकको मूल्य दुई पचास रुपैयाँ रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...