पछिल्लो २४ घन्टामा १०५ जना संक्रमित, २७२ निको : २ जनाको मृत्यु

कोरोना अपडेट

333

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरबाट १ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसर २ हजार ७ सय ९९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ५७ पुरुष र ४८ महिला गरी १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ५ जनासहित कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ । यीमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा ४, प्रदेश दुईमा एक, बागमती प्रदेशमा ६५, लुम्बिनी प्रदेशमा २१ कर्णालीमा एक र सुदूरपश्चिममा २ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा २ सय ७२ जनाले कोरोनामुक्त भइ सामान्य अवस्थामा फर्किएका छन् । योसँगै २ लाख ६७ हजार ५ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घन्टाको अवधिमा दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...