लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ

126

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशी, भारत किशनगंञ्जका ३० वर्षीय मोहम्मद आलम र २८ वर्षीय मदिउर रहमान रहेका छन् ।

पक्राउ परेका राजवंशीको साथबाट प्रहरीले २ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद रु ७ हजार र मोबाइल २ थान बरामद गरेको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले आलम र २ रहमानको साथबाट १० ग्राम ब्राउनसुगर, भारतीय रुपैयाँ ९ हजार १ सय ७०, ५० ग्राम गाँजा र १ थान मोबाइल फेला परेको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...