आगलागीबाट ७ वर्षीय बालकको मृत्यु

190

खोटाङ । खोटाङको रावाबेँशी गाउँपालिका-४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोले जलेर उनको ७ वर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ वर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...