कर्तव्य ज्यान मुद्दामा फरार १६ वर्षपछि पक्राउ

176

कैलाली । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

२०६१ कात्तिक २७ गते कैलाली साविक फुलबारी गाउँ विकास समित वडा नम्बर ८ हाल जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर १४ त्रिपन भन्ने गाउँमा देउँसी भैलो खेलिरहेको अवस्थामा २९ वर्षी जंग बहादुर सिजापतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरी फरार रहेका डबल बहादुर पल्ली मगरलाई पक्राउ गरेको हो ।

कैलाली फुलबारी गाविस ७ हाल धनगढी उपमहानगरपालीका वडा नम्बर १४ बस्ने ४२ वर्षीय खोज तलास गर्दै जादाँ सोमबार आफ्नै घरमा घरमा लुकिछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई जिल्ला अदालतबाट म्यादथप अनुमती लिइ थप अनुसन्धान भइरहेको र अन्य फरार प्रतिवादीहरुको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...