लागुऔषध कारोबार अभियोगमा युवतीसहित चारजना पक्राउ

146

काठमाडाैं । महानगरीय प्रहरी वृत्त गौशालाले लागुऔषध कारोबार अभियोगमा एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।

काठामाडौं महानरपालिका गौरीघाटको विभिन्न स्थानमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड खटिएको टोलीले मंगलबार दिउँसो एक बजे विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली बेलबारी घर भई काठमाडौं महानरपालिका महाराजगञ्ज बस्ने २३ वर्षीया सविना कार्की  छन् ।

यस्तै, मोरङ उर्लावारी घर भई काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ४० वर्षीय अम्बर बर्देवा, धादिङ गल्छी घर भई काठमाडौं सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, मकवानपुर घर भई काठमाडौं थानकोट बस्ने ४२ वर्षीय कालु गोरे पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट पोल्याण्ड तीन किलो, नगद रु २० हजार २ सय ५०, प्र–०२–०१७प७९५० नम्बरको मोटरसाइकल एक थान र मोबाइल पाँच थानसमेत बरामद गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...