थप १७१ सहित देशभर २,४०० जना सक्रिय संक्रमित, एकको मृत्यु

134

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरबाट १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसर २ हजार ९ सय ४६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय पुरुष र ७१ महिला गरी १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ७१ जनासहित कुल संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ । यीमध्ये २ हजार ४ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा ७, प्रदेश दुईमा ३, बागमती प्रदेशमा १ सय, गण्डकी प्रदेशमा ३६ र लुम्बिनी प्रदेशमा १७ र सुदूरपश्चिममा ८ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा २ सय ५९ जनाले कोरोनामुक्त भइ सामान्य अवस्थामा फर्किएका छन् । योसँगै २ लाख ६६ हजार ८ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.४ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घन्टाको अवधिमा एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३० जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...