संसद् विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा सङ्खुवासभामा प्रदर्शन

250

खाँदबारी । संसद् विघटनको विरोधमा नेपाली कांग्रेसका भातृ संस्थाहरुले संयुक्त रुपमा देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो । सोमबार कांग्रेसका सबै भ्रातृ संगठनले सबै जिल्लामा प्रदर्शन गर्ने तालिकाअनुसार देशभर बिरोधको कार्यक्रम आयोजना गरिएको हो ।

यसै बीच सङ्खुवासभामा पनि नेपाली कांग्रेसका भातृ संस्थाहरुले बिरोध र्यालीसहित बिरोध सभाको आयोजना गरेका छन् । सोमबार खाँदबारीमा नेपाल दलित संघका जिल्ला अध्यक्ष चक्र बिसुङ्खेको सभापतित्व तथा जिल्ला सभापति दिपन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केपी सरकारको गैरसंवैधानिक कदमकाविरुद्धमा चर्को विरोध गरिएको थियो । ।

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल भूतपूर्व शैनिक संघले संयुक्तरुपमा आयोजना गरेको विरोध कार्यक्रमलाई नेपाली कांग्रेसका नेताहरु पूर्वसांसद टंकप्रसाद राई, पूर्व जिल्ला सभापति जनक थापा, कांग्रेसका जिल्ला सचिव निरु तामाङ बस्नेत कांग्रेस नेताहरु मुक्तिसिंह राई, दिपक लिम्बू, ज्ञान बहादुर कार्की लगायतका जिल्ला नेताहरुले संविधान सभा विघटनको कदमप्रति विरोध जनाएका थिए ।

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...