पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या शून्य, थप १५९ संक्रमित

काेराेना अपडेट

158

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसर २४ घन्टाको अवघिमा कसैलेपनि ज्यान नगुमाएको जनाएको छ ।

सोही अवधिमा १ सय ५९ जना थप संक्रमित थपिएका छन् । मन्त्रालयकाअनुसार ४ हजार १ सय ४५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ९८ पुरुष र ६१ महिला गरी १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ५९ जनासहित कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । यीमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा ५, प्रदेश दुईमा २, बागमती प्रदेशमा १ सय १३, गण्डकी प्रदेशमा ३० र लुम्बिनी प्रदेशमा ९ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा २ सय ६४ जनाले कोरोनामुक्त भइ सामान्य अवस्थामा फर्किएका छन् । योसँगै २ लाख ६६ हजार ६ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.३ प्रतिशत रहेको छ ।

यस्तै, देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ सय जना रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...