लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

177

झापा । झापाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरबाट लागुऔषध खेरोहिरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली-३ का ३८ वर्षीय यम बहादुर थाम्सुहाङ रहेका छन् ।

थाम्सुहाङले शिविर भित्र प्रवेश गरी ब्राउनसुगर बेचबिखन गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर र नगद १९ हजार २५ रुपैयाँसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकबाटै खटिएको प्रहरी टोलीले दमक-५ अनाम टोलबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-१ का २६ वर्षीय गगन लिम्बू योङया रहेका छन् । उनलाई ३ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसरी शनिबार लागुऔषध खेरोहिरोइनसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...