भिरबाट लडेर एकको मृत्यु

175

खाँदबारी। सङ्खुवासभा सभापोखरी-३ फुकाम बस्ने ५२ वर्षीय सूर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिबार राति पावाबाट घरतर्फ फर्कने क्रममा सोही स्थानमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको भनि आइतबार बिहान साढे ३ बजे स्थानीयले प्रहरी चौकी बाह्रबिसेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटिइ कानुनी कारबाही तथा थप अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...