थप १०५ जनामा संक्रमण : २ को मृत्यु, २,५९४ सक्रिय संक्रमित

कोरोना अपडेट

230

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ३ सय ८ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ६४ पुरुष र ४१ महिला गरी १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका १ सय ५ जनासहित कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ । यीमध्ये २ हजार ५ सय ९४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एक र प्रदेश दुईमा एक एक जना, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा २६ र लुम्बिनी प्रदेशमा ६ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा २ सय ८८ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६६ हजार ३ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.३ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । थपिएका १ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ सय जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...