जहाँ भ्रमणाका लागि ६ महिना तालीम गर्नुपर्छ (तस्बिरसहित)

विश्वकै विशाल गुफा

238

एजेन्सी । विश्वमा थरी थरीका गुफाहरु छन् । तिनका विशेषताहरु पनि फरक-फरक छ । तर यहाँ चर्चा गर्न लागिएको गुफा विश्वकै सबैभन्दा ठूलो गुफाको हो । यो गुफा यति विशाल छ कि, त्यस भित्र धेरै ४० तले घरहरु बनाउन सकिन्छ ।

Photo : National Geographic

मध्य भियतनामको जंगलमा रहेको यो गुफाको नाम ‘हाङ सोन डोंग’ हो । यो गुफाको लम्बाइ ९ किलोमिटर छ । यस गुफा भित्र १ सय ५० वटा अन्य गुफाहरु पनि छ । यो गुफा भित्र रुख, विरुवा, जंगल, बादल, नदीलगायतका सबथोक छ ।

Photo : National Geographic

लाखौं वर्ष पुरानो यो गुफलाई सन २०१३ मा मात्रै पर्यटकका लागि खुला गरिएको थियो । यो गुफामा प्रत्येक वर्ष २ सय ५० देखि ३ सय जना पर्यटकले मात्रै घुम्ने अनुमति पाउँछन् । सन १९९१ मा ‘हो खनह’ नामक स्थानीय व्यक्तिले यो गुफा पत्ता लगाएका थिए । त्यसबेला गुफा भित्र पानीको मात्रा धेरै थियो । पानी सुसाएको ठूलो आवाज आइरहेको थियो । गुफा भित्र निकै अध्याँरो थियो । जसका कारण त्यसबेला कसैले पनि यो गुफामा प्रवेश गर्ने हिम्मत गरेनन् ।

Photo : National Geographic

एक ब्रिटिस रिसर्च ग्रुपले पहिलो पटक यो गुफाका तस्बिर र भिडियोहरु सार्वजनिक गरेपछि यो गुफाले सन २००९ मा मात्रै अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको थियो । त्यसपछि सन २०१० मा वैज्ञानिकहरुको एक टोलीले गुफा भित्र रहेको ‘भियतनामको पर्खाल’ भनिने माटोको २ सय मिटर अग्लो पर्खाल नाघेर गुफा भित्र प्रवेश गर्ने बाटो पत्ता लगाएका थिए ।

Photo : National Geographic

पर्यटकहरुले प्रत्येक वर्ष अगष्ट महिना अघि नै यो गुफाको भ्रमण गरिसकेका हुन्छन् । किनकी यसपछि यस गुफामा रहेको पानीको सतह ह्वात्तै बढ्छ । यो गुफामा जानका लागि प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर खर्च गर्नुपर्छ ।

Photo : National Geographic

हाङ सोन डोंग गुफाको भ्रमण गर्न चाहने पर्यटकलाई ६ महिनाको तालीम दिइन्छ । उनीहरुलाई दैनिक कम्तिमा १० किलोमिटर पैदल हिँड्ने तालीम दिइन्छ । त्यस्तै ६ पटकसम्म रक क्लाइम्बिङ गर्ने तालिम दिइन्छ ।

तालीम सफलतापूर्वक पुरा गरेपछि मात्रै हाङ सोन डोंग गुफाको भ्रमण गर्न पाइन्छ ।

Source : National Geographic

Share This:
सम्बन्धित खबर
Loading...