प्रदेश एकको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात, बाँकी क्षेत्रको मौसम सफा

आजको मौसम

222

काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव कायम रहेको छ ।

हाल देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १६ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार दिउँसो प्रदेश नम्बर १ को पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नम्बर १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आइतबार राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...