लागुऔषध गाँजा र चरेससहित पक्राउ

242

पर्सा । लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कालिकामाई पर्साबाट खटिएको टोलीले लागुऔषध गाँजा र चरेसहित प्रेम हजारालाई पक्राउ गरेको हो ।

शुक्रबार अन्दाजी ६ः१५ बजे विशेष सूचनाको आधारमा प्रहरीले कालिकामाई गाउँपालिका वडा नम्बर ३ बस्ते ३० वर्षीय हजारालाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका हजाराको साथबाट १ किलो १ सय ग्राम गाँजा र ४ सय ग्राम चरेस फेला पारी नियन्त्रणमा लिएको थियो ।

हजारालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरीयामा ल्याएर आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...