काठमाडौंमा देखियो बर्ड फ्लु, फुटुङमा २५ सय घरपालुवा पन्छी नष्ट

249

काठमाडौं । बर्ड फ्लु नेपालमा भित्रिएको पुष्टि भएको छ । पशु सेवा विभागकाअनुसार काठमाडौंको तार्केश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङमा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो ।

पशु सेवा विभागका प्राविधिकहरूले शनिबार बर्ड फ्लु पुष्टि भएका २ हजार ५ सय ४४ हाँस, कुखुरा, टर्की र बट्टाइ नष्ट गरेको जनाएका छन् ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषणशालामा शुक्रबार रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु (एचफाइभएनएट) पुष्टि भएको हो ।

बर्ड फ्लु पुष्टि भएपछि शनिबार नै त्यस क्षेत्रका १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

विभागले कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन अथवा बिक्री स्थलमा अस्वाभिक रूपमा पन्छी बिमारी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचित गर्न सबैमा आग्रहसमेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...