थप १०९ जनामा संक्रमण पुष्टि : निको हुनेको संख्या ९८ दशमलव २ प्रतिशत

काेराेना अपडेट

137

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ६ सय १८ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ६६ पुरुष र ४३ महिला गरी १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका १ सय ९ जनासहित कुल संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । यीमध्ये ३ हजार ७ सय ७९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा २, बागमती प्रदेशमा ७५, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा १५, कर्णालीमा १ र सुदूरपश्चि प्रदेशमा ३ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ५० जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६६ हजार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.२ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । थपिएका १ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ सय जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...