क्यानडा पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

204

कास्की । क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिसुवा बस्ने पर्वत मोदी गाउँपालिका-७ स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाइ सकेको भन्ने विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाइदिन्छु भनि उनीहरुबाट रकमसमेत लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले विश्वकर्मालाई पोखरा महानगरपालिका-१० राम बजारबाट पक्राउ गरेको हो ।

विश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरुबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न विभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेकसमेत दिएको अनुसन्धानबाट खुल्न आएको हो ।

विश्वकर्मा उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...