कोरोना अपडेट : थप १५७ जनामा संक्रमण, ५ जनाको मृत्यु

231

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार २ सय २१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ९८ पुरुष र ५९ महिला गरी १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका १ सय ५७ जनासहित कुल संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । यीमध्ये ३ हजार२२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा ५, प्रदेश दुईमा ६, बागमती प्रदेशमा ९२, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा १५, कर्णालीमा १ र सुदूरपश्चि प्रदेशमा ४ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ३३ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६५ हजार ६ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.१ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २५ सय जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...