कोरोना संक्रमणबाट भूपू गोर्खा सैनिक गुरुङको निधन

217

लन्डन । कोरोना भाइरस संक्रमणबाट बेलायतमा भूतपूर्व गोर्खा टिका बहादुर गुरुङको मृत्यु भएको छ ।

आर्मी नम्बर २११५३८०३ भएका भूतपूर्व गोर्खा टिका बहादुर गुरुङको बिहीबार कोरोना संक्रमणका कारण रेडिङमा निधन भएको छोरा गणेश गुरुङले जनाए ।

गत जनवरी १२ तारिखमा कोरोना पुष्टि भएपछि स्वर्गीय गुरुङलाई बेलायतको रेडिङस्थित रोयल वर्कसायर अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

उनी २ छोरा र श्रीमतीका साथ रेडिङमा बस्दै आएका थिए । सन् १९४४ फेब्रुवरी २८ मा भोजपुरमा जन्मिएका गुरुङ पछि सुनसरी इटहरी नगरपालिका २० तरहरा सरेका थिए ।

पछिल्लो समय बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीमा भूतपूर्व गोर्खा र तिनका परिवारको संख्या बढी छ । अहिलेसम्म यहा झण्डै ८० नेपालीले ज्यान गुमाइसकेको अनुमान छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टबाट बढी संक्रामक र घातक रहेको वैज्ञानिकहरुले बताइरहँदा यसले बेलायत नराम्ररी प्रभावित छ र नेपाली समुदाय पनि पीडित बनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...