छ सय एम्पुल लागुऔषधसहित अटो नियन्त्रणमा

154

पर्सा । प्रहरीले लागुऔषधसहित अटो नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो अन्दाजी ९ बजे पर्साको वीरगञ्ज महानगरपालिका १९ बर्वास्थि इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाच गर्ने क्रममा ६ सय एम्पुलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

ना१ह४६४४ नम्बरको अटोलाई चेकजाँच गर्दा लोड गरेको पिठोको बोरामा लुकाइछिपाइ ल्याएको लागुऔषध फेनारगन, नुर्फिन र डाइजोपाम ६ सय एम्पुल फेला पारेको थियो ।

पक्राउ पर्नेमा अटो चालक पकहामैनपुर गाउँपालिका १ धोरे बस्ने २८ वर्षीय जलान्धर दास र अटोमा सवार सोही स्थानका २० वर्षीय जय प्रकाश मेहता रहेका छन् ।

प्रकाउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...