विराटनगर । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् ।
लागुऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक किसनगंग धनतोलाका २२ वर्षीय अहमद हुसेन र २६ वर्षीय महमद जमसेहलाई ९ सय ८० मिलिग्राम ब्राउनसुगरसहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको कोसी गाँपालिका-१ लौकहीबाट लागुऔषध ट्याब्लेटसहित १ जना पक्राउ गरेको छ ।
को २२ प १६२३ नम्बरको मोटरसाइकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ वर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १ सय ४४ ट्याब्लेट बरामद भएको थियो ।
लागुऔषधसहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।