पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, थप २१३ मा संक्रमण पुष्टि

138

काठमाडौं । पछिल्लो २४ घन्टामा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ७ सय ९१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ८८ पुरुष र १ सय २५ महिला गरी २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका २ सय १३ जनासहित कुल संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । यीमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा ५, प्रदेश दुईमा १, बागमती प्रदेशमा १ सय ४७, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३०, कर्णालीमा १ र सुदूरपश्चि प्रदेशमा ५ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा २ सय ९६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६५ हजार ३ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा कोराना संक्रमणबाट कुनैपनि व्यक्तिको ज्यान गएको छैन । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २० सय जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...