गोर्खा इको प्यानलद्धारा भक्तपुरका इञ्जिनियरलाई तालिम

275

काठमाडौं । आधुनिक निमार्ण सामाग्री कम्पनीको रुपमा रहेको गोर्खा इको प्यानलले बुधबारदेखि भक्तपुरका इञ्जिनियर तथा प्राविधिकलाई दुई दिने तालिम सुरु गरेको छ । आफनो निर्माण सामाग्रीबारे जानकारी दिने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भवन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुर अन्तर्गतका इञ्जिनियरलाई भक्तपुरको सल्लाघारीस्थित कार्यालयकै भवनमा तालिम दिएको हो ।

पहिलो दिन बुधबार एकाई अन्तर्गत भक्तपुरको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका क्षेत्रमा कार्यरत इञ्जिनियर तथा प्राविधिकलाई तालिम दिइयो । दोश्रो तथा अन्तिम दिन बिहीबार जिल्लाकै मध्यपुरथिमि नगरपालिका र चाँगुनारायण नगरपालिका क्षेत्रमा कार्यरत इञ्जिनियरलाई तालिम दिइनेछ ।

तालिम गोर्खा इको प्यानलका महाप्रबन्धक इञ्जिनियर जीवन खाइतु र गोर्खा इको प्यनलका प्रोजेक्ट हेड इञ्जिनियर कृष्णसुन्दर कुम्पाखले पुनर्निर्माणमा नयाँ प्रविधिबारे जानकारी गराए । साथै उनीहरुले गोर्खा इको प्यानलको विशेषताहरु तथा त्यसको प्रयोगको प्राविधिक पक्षहरुबारे पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।

दुई दिने तालिमपछि शुक्रबार तालिममा सहभागी इञ्जिनियर तथा प्राविधिकहरुलाई फ्याक्ट्री भ्रमणमा लाने जनाइएको छ । उनीहरुलाई त्यहाँ लगेर विभिन्न जानकारीहरु दिने जनाइएको छ ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर सुरेश कवांले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरेको जनाए । अबका दिनमा पनि यस्ता तालिमहरुलाई निरन्तर अगाडि बढाउँदै लागिने सिइओ कवांले बताए ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको उत्पादन इको प्यानलको लोकप्रियता देशैभरि बढ्दो रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...