हेल्थ क्लिनिकमा लागु औषध बिक्रीवितरण गर्ने पक्राउ

242

कैलाली । कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरी स्थित हेल्थ क्लिनिकमा लागु औषध बिक्रीवितरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार प्रतिबन्धित औषधि बिक्रिवितरण गरिरहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले क्लिनिकबाट २७ वर्षीय हरीश ढकाललाई पक्राउ गरेको हो ।

औषधि पसलमा खानतलासी गर्दा प्रतिबन्धित औषधि ट्रामाडोल लेखिएको ५२ पत्ता (प्रति पत्तामा १० ट्याब्लेट), Pheniramine Maleate Tablets I.P.Avil 50 लेखिएको पत्ता ४६ (प्रति पत्तामा १५ ट्याब्लेट) फेला पारी प्रहरीले बरामद छ ।

पक्रउ परेका ढकालमाथि प्रहरीले लागु औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...