ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

225

उदयपुर । उदयपुर कटारी-४ का ५ वर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार कटारी-४ स्थित भित्री सडक खण्डमा स१त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक-५ स्थितमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । को२त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक-५ का १९ वर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...