साढे दुई करोड मूल्य बराबरको अवैध समानसहित पक्राउ

150

झापा । इलाका प्रहरी कार्यालय दमकले ठूलो परिणामको अवैध समानसहित १ जनालाई पक्राउ गरेको छ ।

दमक नगरपालिका-६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका विभिन्न ब्राण्डका खाद्य वस्तुहरु अवैध रुपमा ल्याइ भण्डारण गरिएको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँ बराबरको अवैध खाद्य वस्तुहरु बरामद गरेको हो ।

समान बरामद भएसँगै सञ्चालक जितेन्द्र साहलाई समेत पक्राउ गरी थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...