‘मैले अध्यक्ष दिनेको समूहमा जान्छु भनेको छैन, एकता अभियानमै छु’ : गाैतम (विज्ञप्तिसहित)

207

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन अघिका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानमा लागेका बामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रकारका समाचार विभिन्न मिडियामा आएको भन्दै खण्डन गरेका छन् ।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले प्रेस नोटमार्फत मिडियामा आएका “जुन समूहले अध्यक्ष दिन्छ, सोही समूहमा गएर पार्टी एक गर्छु” भन्ने व्यहोराको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

गौतम पार्टी एकताको पक्षमा रहेको र भोलि अभियानको घोषणा गर्न गइरहेको समयमा बद्नाम गराउनका लागि यस्ता समाचार छापिएको पनि उनले प्रेस नोटमा लेखेका छन् ।

प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क।वामदेव गौतमका सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा उहाँको सचिवालयको ध्यानाकृष्ट भएको छ ।

राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा आज १३ गते प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका छन् ।

विगत केही समयदेखि क.वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन् । राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो ।

सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन ।
उहाँको नेतृत्वमा भोलि बुधबार ९१४ माघ० मा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुँदैछ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ । तर, जसरी ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी वामदेव कमरेडको नाममा भनाइ सार्वजनिक गरियो, यसलाई हामीले पार्टी एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको रुपमा बुझेका छौँ । एकता अभियानका नेतृत्वकर्ता कमरेडमाथि नै यस्ता भ्रमपूर्ण समाचार प्रवाह गर्नु भनेको एकता विरोधी व्यक्तिहरुले हाम्रो अभियानलाई कमजोर बनाउने दुस्साहस गरेको रुपमा हामीले बुझेका छौँ ।

क.वामदेव गौतम पार्टी एकताका निम्ति आफूसँग भएका पदहरु गुमाउन वा कसैका निम्ति छोडिदिन पनि तयार हुनुहुन्छ । किनभने, पार्टीको एकता आम नेपालीको चाहना हो । मुलुकको विकास, सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य छ । त्यस्तो अनिवार्यतावोध गर्ने नेताले ‘मलाई यो पद दिए त्यो समूहमा जान्छु’ भन्ने जस्ता अभिव्यक्ति दिँदैन भन्ने कुरा जिम्मेवार सञ्चारकर्मी तथा आम जनसमुदायले साथीहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।

क.वामदेव गौतमको सचिवालयबाट
विश्वमणि सुवेदी
१३ माघ २०७७

Share This:
सम्बन्धित खबर
Loading...