बहुविवाह मुद्दामा फरार रहेकी प्रतिवादी पक्राउ

146

बाँके । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान चलाइएको छ ।

अभियान अन्तर्गत मिति २०७७ कात्तिक २० गते जिल्ला अदालत बाँकेबाट बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकिएको हाल सम्म फरार रहेको प्रतिवादी जिल्ला बाँके खजुरा गाउँपालिका २ उदरापुर बस्ने वर्ष २१ की विना कुमारी खटिकलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तरगत हाल सम्म ५१२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छन् भने केहि अभियुक्त स्वयम अदालतमा हाजिर छन केहि फरार अभियुक्त भारततर्फ भागी गएको भन्ने बुझिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...