काठमाडौं । पछिल्लो २४ घन्टामा ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ५ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ७३ पुरुष र १ सय ३० महिला गरी ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार थपिएका ३ सय ३ जनासहित कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । यीमध्ये ३ हजार २ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
आज थपिएकाहरुमा प्रदेश एकमा ८, प्रदेश दुईमा २, बागमती प्रदेशमा २ सय ७, गण्डकी प्रदेशमा ४३, लुम्बिनी प्रदेशमा ३३, कर्णालीमा ४ र सुदूरपश्चि प्रदेशमा ६ जना रहेको छन् ।
पछिल्लो २४ घन्टामा २ सय ८५ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६४ हजार ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.१ प्रतिशत रहेको छ ।
यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । थपिएका ६ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ सय जना पुगेको छ ।