छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ

144

विराटनगर । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड-४ भद्रपुर रोडस्थित र बिर्तामोड-६ बुटाबारीबाट ब्राउनसुगरसहित तीन जना रहेका छन् ।

भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० वर्षीय मिलन राजवंशी रहेका छन् । उनलाई १२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

यसैगरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० वर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ वर्षीय रुपेश गुरुङ रहेका छन् । उनीहरुको साथबाट ७ ग्राम ६० मिलिग्राम खैरोहिरोइन पारिएको हो ।

विशेष सुराकका आधारमा उनीहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

यस्तै आइतबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-९ मगर चोकबाट १२ सय ग्राम गाँजासहित बुद्धशान्ति-१ का ५३ वर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

यसैगरी मोरङ विराटनगर-१५ बाट भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-१० का १७ वर्षीय कालु कुमार शर्मा रहेका छन् । उनलाई आइतबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नाइट्राभेट ७५ ट्याब्लेट, स्पास्मो प्रक्जिभोन ४० ट्याब्लेट र डाइलेक्स डिसी ५ बोतल लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...