प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

आजको मौसम

324

काठमाडौं । हाल देश भरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतय सफा रहेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार दिउँसो देशका प्रदेश नम्बर १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ।

Share This:
सम्बन्धित खबर
Loading...