लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

276

मोरङ । मोरङ पथरी शनिश्चरे-४ स्थित एक घरबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय साजन राई, २२ वर्षीय छिरिङ राई र २४ वर्षीय नवराज राई रहेका छन् भने भोजपुर साल्पासिलोछो-२ का १९ वर्षीय निराज राई रहेका छन ।

घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आइतबार बिहानको साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर, ट्रमाडोल हाइड्रोक्लोराइड ९० ट्याब्लेट, स्पासपेन ५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैयान् र उनीहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाइकल लगायतका सामानहरु फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...