काेराेना अपडेट : थप २७० जनामा संक्रमण, मृत्यु हुनेकाे संख्या २ हजार नाघ्याे

223

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैगमकाअनुसार ४ हजार ४ सय १३ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ४८ पुरूष र १ सय २२ महिला गरी २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका २ सय ७० जनासहित कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । यीमध्ये ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ सय ३ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६४ हजार १ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । थपिएका ७ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ जना पुगेको छ ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकाे जिल्ला काठमाडाैं मात्र रहेकाे छ भने कालिकाेट, रूकुमपश्चिम र मुगु गरी तीन जिल्ला संक्रमणमुक्त भएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...