पछिल्लो २४ घन्टामा विश्वभर ५,७४,५४७ जनामा कोभिड-१९ संक्रमण : १३,८२३ जनाको मृत्यु

160

काठमाडौं । चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको असर एक वर्ष नाघिसक्दा पनि कम भएको छैन । अझ दिनहुँ नयाँ–नयाँ रेकर्डहरु थपिने क्रममा रहेको छ । यसको असर झनै तीव्र हुँदै गइरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा विश्वभरमा ५ लाख ७४ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने सोही अवधिमा १३ हजार ८ सय २३ जनाको ज्यान गएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा मात्र १ लाख ७२ हजार ९ सय १३ जना संक्रमित भएका छन् भने ३ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २ करोड ५५ लाख ६६ हजार ७ सय ८९ पुगेको छ भने ४ लाख २७ हजार ६ सय ३५ जनाको ज्यान गएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित एसियाको पहिलो राष्ट्र भारत हो । भारतमा पछिल्लो २४ घन्टामा १४ हजार ८ सय ९१ जना संक्रमित भएका छन् भने १ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १ करोड ६ लाख ५५ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ लाख ५३ हजार ३ सय ७६ जनाको ज्यान गएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको ब्राजिलमा ६१ हजार १ सय २१ जना थपिदा १ हजार १ सय ७६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या ८८ लाख १६ हजार २ सय ४४ पुगेको छ । सोही अवधिमा २ लाख १६ हजार ४ सय ७५ जनको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा रसियामा २० हजार ९ सय २१, बेलायतमा ३३ हजार ५ सय ५२, फ्रान्समा २३ हजार ९ सय २४, इटालीमा १३ हजार ३ सय ३१, टर्कीमा ५ हजार ५ सय ५६ र जर्मनीमा १२ हजार ४ सय २८ जना, कोलम्बियामा १५ हजार ५ सय ५१ र मेक्सिकोमा २१ हजार ७ संक्रमित थपिएका छन् । सोही अवधिमा रसियामा ५ सय ५९, बेलायतमा १ हजार ३ सय ४८, फ्रान्समा २ सय ३०, इटालीमा ४ सय ८८, टर्कीमा १ सय ४४, जर्मनीमा ५ सय १६, कोलम्बियामा ३ सय ९६ र मेक्सिकोमा १ हजार ४ सय ४० जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ करोड ९२ लाख ९८ हजार ७ सय ४७ पुगेको छ भने संक्रमणबाट २१ लाख २८ हजार ७ सय ५५ जनाको मृत्यु भएको छ । ७ करोड १३ लाख ५१ हजार ५ सय ९ जना कोरोनामुक्त भएका छन् भने २ करोड ५८ लाख १८ हजार ४ सय ८३ जना सक्रिय संक्रमित अवस्थामै रहेका छन् । जसमध्ये १ लाख १० हजार ८ सय ८४ जना गम्भीर अवस्थामा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...