प्रधानमन्त्री कप : कर्णालीलाई ७१ रनले पराजित गर्दै एपिएफ सेमिफाइनलमा

223
  • भाइरस

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा अन्तर्गत एपिएफ क्लब विजयी भएको छ । शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको एपिएफले एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । १८औँ ओभरमा ५ विकेटको क्षतिमा ६७ बनाएको एपिएफका सन्दीप जोरा र अमर रौटेलाले ७८ रनको साझेदारी गर्दै स्कोर १ सय ४५ रन सम्म पुर्याएको थियो ।

Photo : Cricket Association of Nepal-CAN

सन्दीप जोराले ६०, अमर रौटेलाले ३१, सुवास खकुरेलले २३, शंकर राणा र भुवन कार्कीले समान १५-१५, बसन्त रेग्मीले १४ तथा किशोर महोतोले १३ रनको योगदान दिए ।

Photo : Cricket Association of Nepal-CAN

कर्णालीका अनुज चुनरा र रविन्द्र शाहीले समान ३-३ तथा दिवान पुन र राज शाहले तीनतीन विकेट लिए ।

Photo : Cricket Association of Nepal-CAN

२ सय १९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा १ सय ४७ रन मात्र बनाउन सक्यो । कर्णालीका हेमन्त ओलीले ५८, हिमान्शु शाहीले २०, रविन्द्र शाहीले १४ तथा अविषेक ठकुरी र राज शाहले समान १२-१२ रन बनाए ।

Photo : Cricket Association of Nepal-CAN

एपिएफका बसन्त रेग्मी र किशोर महतोले समान ३-३ तथा भुवन कार्कीले २ विकट हात पारे ।

Photo : Cricket Association of Nepal-CAN

समूह ए मा रहेको एपिएफ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान तीन खेलबाट ६ अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । दुबै टोली एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार एपिएफ र आर्मीबीचको खेलबाट अघिल्लो चरणमा प्रवेश गर्ने टोलीमा विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

कर्णाली तेस्रो, प्रदेश नम्बर एक तथा गण्डकी क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहँदै प्रतियोतिाबाट बाहिरीएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...