काेराेना अपडेट : थप २३२ जनामा संक्रमण पुष्टि, ८ जनाकाे मृत्यु

135

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ५ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ४१ पुरुष र ९ महिला गरी २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका २ सय ३२ जनासहित कूल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । यीमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ८६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६३ हजार ७ सय ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । थपिएका ८ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...