लागुऔषध ब्राउन सुगर र एम्पुल सहित ३ जना पक्राउ

161

झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र एम्पुलसहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित बिहीबार साँझ ६ बजे दमक नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लावारी नगरपालिका-२ का ३१ वर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपामसहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...