बिबिएल २०२० : होबार्टमाथि पर्थ स्कोर्चर्सको सहज जित

170

मेलबर्न । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी२० अन्तर्गत पर्थ स्कोर्चर्स विजयी भएको छ । शुक्रबार भएको पहिलो खेलमा पर्थले होबार्ट हुरिकेन्सलाई २२ रनले पराजित गरेको हो ।

डकल्यान्ड्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पर्थले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको थियो । पर्थका लागि जोस इंग्लिसले ५८, झाइ रिचर्डसनले २९, लियम लिभिङ्स्टोनले २६ तथा ज्यासन रोयले २० रनको योगदान दिए ।

होबार्टका नाथान एलिसले ४, सन्दीप लामिछानेले २ तथा विल ज्याक र डिआर्ची सर्टले एक एक विकेट लिए ।

लगातार दुई खेलमा विकेटविहीन रहेको सन्दीपले आजको खेलमा आफ्नो स्पेलको पहिलो ओभरमै २६ रन बनाएर खेलिरहेका लिभिङ्स्टोनलाई आउट गरे । यस्तै, दोस्रो ओभरमा मिचेल मार्शलाई एलबिडब्लु धरापमा पारे । ४ ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिएका थिए ।

१ सय ८० रनको विजयी लक्ष्य पाएको होबार्टले १ सय ५७ रन मात्र बनाउन सक्यो ।

खराव सुरुवात गरेको होर्बाटका म्याथ्यु वेड ६, बेन म्याटडर्मोट शून्य र डेविड मलान ३ रनमा आउट भए । डिआर्ची सर्टले ४३, पिटर ह्यान्ड्सकोम्बले ३०, टिम डेविडले २७ तथा विल ज्याक्सले २१ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन ।

Share This:
सम्बन्धित खबर
Loading...