काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ५ सय ४५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ६९ पुरुष र १ सय ३३ महिला गरी ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार थपिएका ३ सय २ जनासहित कूल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ । यीमध्ये ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
पछिल्लो २४ घन्टामा ४ सय ८० जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६३ हजार ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
यस्तै, कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । थपिएका ७ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ जना पुगेको छ ।