एपिएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

152

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिङ्क गेटबाट बिहीबार एपिएफ टोलीले ५ लाख ३४ हजार ५ सय ७५ भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्ग जिल्लाको निसीखोला गाउँपालिका ५ बस्ने ३१ वर्षीय भागीलाल विक रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...