ट्याक्टर अदुवाखर्कमा दुर्घटना, १ को घटनास्थलमै मृत्यु

130

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका २ अदुवाखर्कमा ट्याक्टर दुर्घटना भएको छ । गाउँबाट सामान लिन आँबुखैरेनी बजारतर्फ आउँदै गरेको ग१प ३७७० नम्बरको टयाक्टर बिहीबार बिहान अन्दाजी १० बजेतिर अदुवाखर्कमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका २ अदुवाखर्कका अन्दाजी ३६ वर्षीय केशव दर्लामी रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिए ।

यस्तै दुर्घटनामा परि आँबुखैरेनी गाउँपालिका ३ का लिल बहादुर यादी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको प्रहरीले बताएको छ।

Share This:
सम्बन्धित खबर
Loading...