खैरोहिरोइन ब्राउन सुगरसहित एक जना पक्राउ

165

झापा । झापा कमल गाँउपालिका-६ का २० वर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोइन ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

बुधबार दिउँसो साढे ३ बजे मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट भट्टराईलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा पश्चात उनी उपर चेकजाँच गर्दा गुप्ताङमा लुकाइछिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...