नेपाली कांग्रेसद्वारा सङ्खुवासभाको ७६ वटै वडामा विरोध प्रदर्शन

111

खाँदबारी । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा असंवैधानिक रुपमा विघटन गरेको विरोधमा नेपाली कांग्रेस सङ्खुवासभाले ७६ वटै वडामा विरोध सभाको आयोजना गरेको छ ।

सरकारको निरंकुश कदमबाट ७० वर्ष लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पारिएको भन्दै कांग्रेसले देशब्यापी रुपमा वडा तहसम्म विरोधको कार्यक्रम आयोजना गरेको हो । सङ्खुवासभाका ७६ वटै वडामा भव्यताका साथ विरोध सभा सम्पन्न गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति दिपन कुमार श्रेष्ठले जानकारी दिए ।

उनले दुई तिहाइको दभ्म देखाउने केपी ओली सरकार अन्तत आफैँ बिग्रहको भुमरीमा फस्दा जनताको विकास निर्माण र संवृद्धिको आकांक्षा अधुरै रहेको धारणा राखे । खाँदबारी नगरपालिका वडा नम्बर १ ले खाँदबारीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै जिल्ला सभापति श्रेष्ठले नेपाली कांग्रेस लोकतन्त्रको रक्षा र संविधान जोगाउन शान्तिपूर्ण आन्दोलनमा होमिएको बताए ।

केपी ओलि सरकार निरंकुशताको बाटोमा रहेको आरोप लगाउँदै सभापति श्रेष्ठले असंवैधानिक रुपले भंग गरिएको प्रतिनिधिसभाको पुनःस्थापनाका लागि नेपाली कांग्रेसल कडा सङ्घर्षको कार्यक्रम अघि बढाउने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...