काठमाडौं उपत्यकामा १९८ सहित थप ३३६ जनामा संक्रमण पुष्टि : ४ को मृत्यु

341

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ३० जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय १४ पुरुष र १ सय २२ महिला गरी ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ३ सय ३६ जनासहित कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । यीमध्ये ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्र १ सय ९८ जना संक्रमित थपिएका छन् । यीमध्ये काठमाडौंमा १ सय ४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा २ सय २६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६२ हजार ८ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । थपिएका ४ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ जना पुगेको छ ।

अहिलेसम्म देशभर २० लाख ५१ हजार ७ सय ५६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...