संसद विघटनको विरोधमा जसपा सोलुखुम्बुको प्रदर्शन

215

सोलुखुम्बु । जनता समाजवादी पार्टी नेपाल सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा विरोध प्रदर्शन गरेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक तवरबाट संसद विघटन गरेको विरोधमा बुधबार सल्लेरीमा विरोध कार्यक्रम गरेको जसपाले जनाएको छ ।

सल्लेरीको तीनकुनेबाट सुरु भएको विरोध र्‍याली नँया बजार जेरो प्वाइन्ट हुँदै पुन तीन कुने पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई समाजवादी पार्टीका वरिष्ठ केन्द्रीय सदस्य राज कुमार राई, केन्द्रीय सदस्य आङ काजी शेर्पा (किसान) लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरुले वर्तमान प्रतिगामी ओली सरकार जनताकै बलमा ढालेरै छोड्ने दाबी गरेका छन् । संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरि जनमतको दुरुपयोग गरेकाले सरकारलाई पत्तासाप गरेरै छोड्ने दाबी गरेका हुन् ।

समाजवादी पार्टी नेपालले बुधबार सोलुखुम्बुसहित देशका ७७ ओटै जिल्लामा आज विरोध सभाको कार्यक्रम गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...