खाँदबारीमा २० मोतियाविन्दु रोगीको सफल शल्यक्रिया

280

खाँदबारी । नेत्रज्योति संघ तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीमा २० जना मोतियाविन्दु रोगको सफल शल्यक्रिया गरिएको छ ।

कोभिड १९ का कारण लामो समयसम्म आँखा सम्बन्धि कुनै पनि शिविर सञ्चालन नभएको र आँखाका रोगीहरुलाई अति नै समस्या भई उपचार केन्द्रमा आफै आएका आँखाका अप्रेसन नगराइ नहुने ५० जना मोतियाविन्दुका रोगीहरु मध्ये बुधबार पहिलो दिनको २० जना शल्यक्रिया गरिएको हो ।

इटहरी आँखा अस्पतालद्वारा आएका डा. राजस्सी श्रेष्ठ नेतृत्वको प्राविधिक सहयोगमा सल्यक्रिया गरिएको हो ।

अज्ञानता, अशिक्षा र विकटताका कारण ग्रामिण बस्तीहरुमा मोतियाविन्दु भएका आँखाका बिरामीहरु दृष्टि गुमाएर बस्नु परेको छ । मोतियाविन्दुको सफल सल्यक्रिया गर्न सकिन्छ भन्ने ज्ञान नभएर पनि आँखाको ज्योति गुमाएर बस्नु पर्ने बाध्यता रहेको छ ।

मोतियाविन्दुको उपचार हुन्छ भन्ने थाहा नभएकोले अपाङ्गता भत्ताको लागि पकृया थालिसकेको आँखाका बिरामीहरुले बताउने गरेको तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताए । गाउँ गाउँमा सिंहदरबार भनिए पनि स्थानीय सरकारले यसप्रतिको आफ्नो जिम्मेवारीलाई बेवास्ता गरिरहेको इन्चार्ज बरालले बताए ।

स्थानीय सरकार आइसकेपछि धेरै किसिमका शिविरहरु ल्याए पनि आँखाका बिरामी लक्षित शिविरहरु प्राथमिकतामा नराख्नुले पनि यस्ता समस्याहरु दिनप्रति दिन बढ्दै गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...